लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका व्यक्तिको कोठाबाट प्रहरीले पेस्तोल बरामद भएको छ।
काठमाडौँ महानगरपालिका १२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय २० मिलिग्रामसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो।
काठमाडौँ महानगरपालिका १२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय
अमर शाही पक्राउ परेका हुन्। शुक्रबार पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूको घर कोठामा खानतलासी लिएको थियो।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड बरामद गरेको छ।
सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड पनि बरामद भएको छ।
उनीहरुको साथबाट ३२ हजार रूपैयाँ र मोवाइल ५ थान पनि बरामद गरेको छ।
Shares

प्रतिक्रिया