सुनसरीका ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा सुनसरी बर्जु वडा नम्बर १ को एकै बस्तीका पाँच जना रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार मृत्यु हुनेमा बर्जु १ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्।
ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडि पाँच जना सवार थिए।
ट्रकको पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो। क्याबिनमा बसेका तीन जना घाइते भएका छन्।
उनीहरुको विराटनगर नसिंह होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक भने फरार छन्।
Shares

प्रतिक्रिया