झापाको कनकाईमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा पिकअपमा सवार भद्रपुर नगरपालिका– ८ की ४० वर्षीया सुष्मा राजवंशी उनका १८ महिनाका छोरा आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
घाइतेहरूको विर्तासिटी र विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ। मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया