राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।
अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत् सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो।
बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेका थिए।
उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ।
भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ।
भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ। भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।
Shares

प्रतिक्रिया