समाज


राशिफल २५ फागुन : कन्यालाई प्रेम प्रस्ताव आउने, कर्कटले श्रमदान गर्नुपर्ने, तपाईँको दिन कस्तो?

राशिफल २५ फागुन : कन्यालाई प्रेम प्रस्ताव आउने, कर्कटले श्रमदान गर्नुपर्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन २५, २०८२ सोमबार ११:४, काठमाडौँ

आज सोमबार, २५ फागुन २०८२ (९ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका काममा ढिलासुस्ती होला। आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ। साँझमा कहीँ कतैबाट शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

वृष: साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रमणीय र सुखद यात्राको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत होला। अग्रजको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: मान प्रतिष्ठा वृद्धि होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। प्रेम सम्बन्ध बढेर जानेछ। सेयर बजार या पुँजी बजारले साथ दिनेछ। वस्त्र एवं अलंकार प्राप्ति होला।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: श्रमदान गर्ने अवसर मिल्नेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शुभकार्यमा सहभागी भइएला। प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ। गरेको काम बिग्रने सम्भावना छ। मनमा दुबिधा उत्पन्न हुनेछ। साँझमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होलान्।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: आँटे-ताकेको पूरा हुनेछ। रोकिएको कामले पूर्णता पाउनेछ। पुनर्मिलनको योग छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम प्रस्ताव आउन सक्छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: नयाँ कार्यको थालनी हुने र धनार्जनका स्रोत पत्ता लाग्नेछन्। शिक्षामा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: पराक्रम बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सामान हराउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: मनमा उत्पन्न शङ्का तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्च बढ्ने योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुर्ला। नयाँ कार्य वा रोजगारी पाउने सम्भावना छ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: मित्रसँग भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad