समाज


बिहानैदेखि देशभर मौसम बदली, काठमाडौँ उपत्यकासहित यी स्थानमा पर्नेछ पानी

बिहानैदेखि देशभर मौसम बदली, काठमाडौँ उपत्यकासहित यी स्थानमा पर्नेछ पानी

काठमाडौँ उपत्यकाको आकाश। तस्बिर : आइतबारको


नेपालखबर
फागुन २५, २०८२ सोमबार ८:३४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रको आकाशमामा यतिबेला (सोमबार बिहान) साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानको आकाशमा आंशिक बादल लागेको छ। अनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए। 

‘आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘प्रिमनसुन सिजन भएकाले मेघगर्जन/चट्याङसहित वर्षा हुन्छ।’

यस्तै राति पनि गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र कोसी, बागमती र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad