समाज


बागलुङको ढोरपाटनमा दादुराको संक्रमण

बागलुङको ढोरपाटनमा दादुराको संक्रमण

नेपालखबर
फागुन २५, २०८२ सोमबार १४:४७, काठमाडौँ

बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले ढोरपाटनको ७, ८ र ९ वडामा दादुरा संक्रमण फैलिएको जनाएको हो।

महाशाखाले संक्रामक मानिएको दादुरा संक्रमण छिटो फैलिने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ।

दादुरा मिजल्स भाइरसको कारणबाट अति छिटो सर्ने संक्रामक भाइरल रोग हो। सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै देखिने दादुरा छिट्टै महामारीको रुप पनि लिन सक्ने भाइरल संक्रमण हो।

महाशाखाका अनुसार १ जना संक्रमितले १८ जनासम्मलाई सार्न सक्छन्। संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासनलीबाट वा आँखाबाट सर्न सक्छ।

नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने, ज्वरो आउने लक्षण देखिन्छ।

यस्तै, शरीरमा राता बिमीरा देखापर्ने, बिमीरा सुरुमा निधारमा देखिँदै कान पछाडि हुँदै घाँटीको माथिल्लो भागमा हुँदै छाती पेट ढाड हुँदै हात खुट्टामा फैलिदै जान्छ।

गत माघमा सर्लाहीको मलंगवा नगरपालिकामा दादुरा संक्रमण फैलिएपछि नियन्त्रण गर्न सरकारले ८ हजार बालबालिकामा खोप लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad