समाज


राशिफल १२ चैत: मेषलाई नसोचेको ठाउँबाट धनलाभ, मिथुनको प्रतिस्पर्धीले खुट्टा तान्ने, तपाईँको के?

राशिफल १२ चैत: मेषलाई नसोचेको ठाउँबाट धनलाभ, मिथुनको प्रतिस्पर्धीले खुट्टा तान्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत १२, २०८२ बिहिबार ४:३६, काठमाडौँ

आज बिहीबार, १२ चैत २०८२ (२६ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्रा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष: जोस, जाँगर बढ्नुका साथै समयले साथ दिनेछ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। दूरदराजमा बसोबास गर्ने व्यक्तिसँग सम्बन्ध सुमधुर रहनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: मनमा दुबिधा उत्पन्न हुनेछ। आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्ने छन्।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४९, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: जटिल ठानिएको काम सम्पादन हुनेछ। महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ रहेको छ। रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

सिंह: राजनीतिक र न्यायिक कार्यबाट सफलता मिल्नेछ, रुचि पनि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। माया-प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: लगनशीलताले अवसर दिलाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्ने छन्।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

तुला: शरीरमा स्फूर्तिको कमी हुनेछ। अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृश्चिक: लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। नयाँ रोजगारी मिल्ने सम्भावना छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

धनु: लाभदायक यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा र पारिवारिक भेटघाटमा रमाइन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर: रोकिएका काम सुचारु हुने छन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। बोली बिक्ने समय छ। रमाइलो यात्रा हुने योग छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक भइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ। कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद पर्ला। कतै घुम्न जाने योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad