समाज


राशिफल २२ चैत : मीनको भाग्य बलियो, सिंहले कीर्तिमान राख्ने, तपाईँको दिन कस्तो?

राशिफल २२ चैत : मीनको भाग्य बलियो, सिंहले कीर्तिमान राख्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
चैत २२, २०८२ आइतबार ४:३९, काठमाडौँ

आज आइतबार, २२ चैत २०८२ (५ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। आँटे-ताकेको पूरा होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: शुभ समाचार सुन्न पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। बन्द-व्यापार र पेसा-व्यवसायको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ। मन्त्र- डरको सीमा तोड्नु नै नाफाको पहिलो पाइला हो।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मिथुन: आहार-विहारमा सावधानी अपनाउनु पर्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा भने साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

कर्कट: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुन सक्छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। मन्त्र- बाटो आफैँ बन्छ, मात्र हिँड्ने आँट चाहिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: आफन्तको प्रगतिमा मन रमाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मुद्दा मामिलामा विजय प्राप्त हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या: साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। पुरानो समस्या सुल्झाउन सकिनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। सेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला: आयव्यय र सुखदुःख बराबरी रहने खालको समय छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। मन्त्र- धैर्य नै दृढ सफलता हो।

भाग्यशाली रङ घ्यू रङ र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३८, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृश्चिक: रमाइलो भेटघाट हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मन्त्र- भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।

भाग्यशाली रङ पर्पल र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: रोकिएको काम दोहोर्‍याएर गर्दा सफल भइनेछ। सेयर बजारको कारोबारमा लाभ मिल्नेछ। रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६२, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रजसँग सुझाव लिने। तामसिक भोजन नगर्ने।

मकर: पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मन्त्र- स्थिर सोच, शान्ति र सफलता एकअर्काका परिपूरक हुन्।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: लाभहानि बराबर रहनेछ। वैदेशिक क्षेत्र कमजोर होला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मीन: भाग्यले विभिन्न अवसर जुराउनेछ। कामका विविध अवसर फेला पर्नेछन्। प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ योजना बन्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad