आज सोमबार, २३ चैत २०८२ (६ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: सुखदुःख बराबरी रहनेछ। भ्रमण, खानपान, पहिरन तथा फेसनमा धन खर्च हुनेछ। मन खिन्न हुने स्थिति आउन सक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकाले संयम रहनुहोला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
वृष: शत्रुहरू किनारा लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मिथुन: विद्या र बुद्धिको विकास हुनेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। समग्रमा सकारात्मक दिन रहेको छ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग देखिन्छ। मन्त्र- धैर्य नै सफलता हो।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट: कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। गरेको प्रयत्न निष्फल जस्तै होला। सरकारी निकायको भय रहने देखिन्छ। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। मन्त्र- सही आचरण नै प्रगति हो।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
कन्या: शुभ समाचार सुन्न पाइएला र त्यसले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मन्त्र- आफ्नो निर्णयमा विश्वास गर।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक: तीर्थाटनको योग छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। मन्त्र- फरक सोचले नै फरक सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको दर्शन गर्ने, सजिलै अरूको विश्वास नगर्ने।
धनु: योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्, अतः बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नुहोला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
मकर: जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। समाजसेवा जस्ता कार्यमा मन जानेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मिहिनेतको प्रशंसा गर्नेछन्।
भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
कुम्भ: प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मीन: मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। मन्त्र- म चुपचाप मिहिनेत गर्छु।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
Shares

प्रतिक्रिया