समाज


राशिफल २४ चैत : मकरको प्रतिष्ठा बढ्ने, कुम्भलाई अवसरै अवसर, तपाईँको भाग्य कस्तो?

राशिफल २४ चैत : मकरको प्रतिष्ठा बढ्ने, कुम्भलाई अवसरै अवसर, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
चैत २४, २०८२ मंगलबार ४:३८, काठमाडौँ

आज मङ्‌गलबार, २४ चैत २०८२ (७ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुन्छ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्। मन्त्र- सानो कदमले ठूलो यात्रा सुरु गर्छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष: सामाजिक कार्यमा मन जानेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मिथुन: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: धार्मिक आस्था बढेर जानेछ। नयाँ काम सुरु गर्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह: आयव्यय बराबरी रहने खालको दिन छ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला, साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीसँगको सम्बन्ध यथावत् रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कन्या: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। प्रेमी-प्रेमिकाबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। रोकिएका काम पुनः सुरु हुनेछन्। मन्त्र- तपाईँको दृढता नै जितको पहिलो पाइला हो।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: मठमन्दिरको भ्रमण हुन सक्छ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु: आर्थिक लेनदेनमा समस्या देखा पर्ला। व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। साँझमा कुनै कुराले मन खुसी हुनेछ। शुभ समाचार सुन्नमा आउला। मन्त्र- म हिजोभन्दा बलियो छु।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। विभिन्न क्रियाकलापमा सहभागी हुन पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: दैनिक कार्यमा सफलता पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल देला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यमा सरिक हुन सकिनेछ। प्रेमी-प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad