समाज


राशिफल २७ चैत : कुम्भको आत्मबल बढ्ने, वृश्चिक राजनीतिमा सफल, तपाईँको दिन कस्तो?

राशिफल २७ चैत : कुम्भको आत्मबल बढ्ने, वृश्चिक राजनीतिमा सफल, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
चैत २७, २०८२ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, २७ चैत २०८२ (१० अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मनमा ठूलो उत्साह र उमङ्ग सिर्जना हुनेछ। सही समयमा सही निर्णय लिन सक्नुहुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। घरजग्गाको कारोबारमा पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: शुभ यात्राको योग छ। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले 
घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाव हुन सक्छ। यात्रामा जान बाध्य भइएला। अनावश्यक र फजुलमा खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा बाधा र उल्झन आउला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट: आँटे-ताकेको पूरा होला। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

सिंह: अधुरो काम पूरा हुनेछ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको मन्त्र- शक्ति मौनतामा पनि हुन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कन्या: अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सेयर बजारबाट पनि फाइदा हुनेछ। आजको मन्त्र- सहनशीलता नै स्थायित्वको मूल हो।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

तुला: सहकर्मीबाट विरोध आउन सक्छ। चुनौतीसमेत सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता पनि बढ्नेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। यात्रामा मालसामान हराउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: आफन्तको सहानुभूति मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको मन्त्र- ढिलो भए पनि पहाड चढिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। साथीभाइसँग राम्रो समय बित्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: आत्मबल बढ्दो छ तर मन थकित छ। आफूलाई समय दिनुहोस्। कसैलाई क्षमा गर्नु आजको सबैभन्दा ठूलो जित हुनेछ। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ, अतः बढी सजग रहनु उचित हुने देखिन्छ। मन्दिरको दर्शन भने अवश्य हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मीन: शुभ कार्यको लागि यात्रा हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। आज सत्य बोल्दिनाले अधिक लाभ र सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad