समाज


राशिफल २९ चैत : सिंहले नयाँ काम फेला पार्ने, कन्याको बढुवा हुने, तपाईँको दिन कस्तो?

राशिफल २९ चैत : सिंहले नयाँ काम फेला पार्ने, कन्याको बढुवा हुने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
चैत २९, २०८२ आइतबार ४:४४, काठमाडौँ

आज आइतबार, २९ चैत २०८२ (१२ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष : आफन्तको सहयोग प्राप्त हुनेछ। नवीन कार्य शुभारम्भको चर्चा चल्नेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट मनग्गे फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट होला। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : सामान हराउन वा चोरी हुन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। भाग्यशक्ति कमजोर रहला। चिताएको काममा सोचेजस्तो सफलता नमिल्न सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूको ईर्ष्या नगर्ने।

कर्कट : शुभकार्यको चर्चा चल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम सफल हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६५, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : पारिवारिक सद्भाव बढ्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शुभ चिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। गरेको काममा प्रशंसा हुनेछ। बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, तर साँझमा भने प्रिय जनाको साथ मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ४७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सकारात्मक सोच राख्ने। अरूको ईर्ष्या नगर्ने।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्ने। अरूलाई नझुक्याउने।

धनु : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : रोकिएका काम पुनः सुरु हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। 

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ : गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ। अरूले गरे-भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु नै राम्रो हुनेछ। वैदेशिक कार्य भने बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : ठिक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको चातुर्यले काम बन्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी वस्तु प्रयोगको अवसर मिल्ला। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। अरूको चित्त नदुखाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad