समाज


ट्याम्पोमा च्यापिएर मृत्यु भएका दुवैको सनाखत

ट्याम्पोमा च्यापिएर मृत्यु भएका दुवैको सनाखत

नेपालखबर
बैशाख ५, २०८३ शनिबार २२:७, जनकपुरधाम

महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा हावाहुरीले रुख ढल्दा ट्याम्पोमा च्यापिएर मृत्यु भएका दुवै यात्रुको पहिचान खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार, दुर्घटनामा मृत्यु हुनेहरू जनकपुरधाम-२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका-३ का ३३ वर्षीय राहुल मलिक रहेका छन्। पहिचान खुलेपछि दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। 

दुर्घटनामा ट्याम्पो चालक महोत्तरीको जलेश्वर नगरपालिका-११ का ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा-३ की ५३ वर्षीया फेकनीदेवी मलिक, जनकपुरधाम-१२ का १७ वर्षीय धिरज मलिक र जनकपुरधाम-२० की १४ वर्षीया रिया पण्डित रहेका छन्। 

हरेन्द्र, फेकनी र रियाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने धिरजको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad