संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि भइरहेको तर कोरोना महामारीका कारण केही विलम्ब भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागले बिहीबार सूचना प्रकाशन गरी अब यसको नतिजा कोरोना महामारी सामान्य भएपछि मात्र निकालिने जानकारी दिएको हो।
डेढ वर्षदेखि स्तरवृद्धि रोकिँदा विभागअन्तर्गतका झन्डै ५ हजार स्वास्थ्य कर्मचारी मर्कामा परेका छन्।
प्रतिक्रिया