ad ad

समाज


आफूलाई सशस्त्रको डीएसपी बताएर लाखौं ठगी

आफूलाई सशस्त्रको डीएसपी बताएर लाखौं ठगी

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १३:४२,

आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बताएर विभिन्न व्यक्तिलाई ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेस्वर नगरपालिका–३ बालाजुका ४५ वर्षीय जग्गा व्यवसायी राजकुमार चापागाईं गरेका छन्। चापागाईंसँग सशस्त्र डीएसपीको नक्कली परिचयपत्र पनि फेला परेको प्रहरीले जनाएको छ।

उनले बिभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनेर ठगी गर्ने गरेका थिए।
चापागाइँलाई पेप्सीकोलाबाट सम्झना केसी भट्टराईसन्ग १ लाख २० हजार रुपैयाँ लिँदै गर्दाको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चापागाइँ २०७२ जेठ २४ गते निलिमा महर्जन र आकृती डंगोलसँग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन्।

यस्तै, खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक–पटक गरी दुई लाख रुपैयाँ लिएको उनीमाथि आरोप छ। यस्तै उनले आफूलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पिए बताएर कारागार तथा प्रशासन कार्यालयमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको तथा प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .