नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार बाँकेका दुई र कपिलवस्तुका एक जनामा कोरोना पुष्टि भएको छ।
उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।
तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया