ad ad

समाज


आज साँझ थपिए ७ संक्रमित

आज साँझ थपिए ७ संक्रमित

नेपालखबर
जेठ १०, २०७७ शनिबार १६:४,

आज (शनिबार) साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवाका ३ जना, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए।

गुल्मी मदानेका संक्रमित यस अघि संक्रमित भई मृत्यु भएका शिक्षकको सम्पर्कमा रहेको व्यक्ति भएको पाइएको छ। 

‘अन्य (रुपन्देही र कपिलवस्तुका) ६ जना चाहिँ हालै भारतबाट प्रवेश गरेका व्यक्तिहरु हुन्, उनीहरु अहिले क्वारेन्टिनमा थिए,’ डा. गिरीले नेपालखबरसँग भने।

शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको र देशभर संक्रमितको संख्या ५८४ पुगेको बताएको थियो।

त्यसपछि अन्य ७ जनामा संक्रमण देखिएसँगै अब संक्रमितको संख्या ५९१ पुगेको छ।

याे पनि: 
थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .