ad ad

समाज


थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

थप  ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

नेपालखबर
असार ६, २०७७ शनिबार १०:४१,

नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जसमा ७५६ महिला र पुरुष ७ हजार ८४९ रहेका छन्।

संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १ सय ७६ जना डिस्चार्ज भएको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .