इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भएका छन्।
इन्डोनेसियाली अधिकारीले शनिबार दिएको जानकारीअनुसार सुन्ड्रा स्ट्रेटमा डुंगा डुब्दा कम्तीमा १० जना बेपत्ता भएका हुन्। उनीहरूको खोजी भइरहेको छ।
बान्टेन प्रान्तबाट राकाटा टापुतर्फ गइरहेका बेला चाइल्ड क्रयाकाटाउ ज्वालामुखी नजिक पुग्दा डुंगा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए।
हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौं उद्धारकर्मी खटिएको प्रवक्ता लाटिफले जानकारी दिए। घटनास्थलबाट अन्य ६ जनालाई भने सकुशल उद्धार गरिएको छ।
इन्डोनेसियामा पुराना डुंगा , बदलिइरहने मौसम र भारवहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय: दुर्घटना भइरहन्छन्। रासस/सिन्ह्वा
प्रतिक्रिया