ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिए १ सय ८० संक्रमित, २ सय ६४ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थपिए १ सय ८० संक्रमित, २ सय ६४ जना कोरोनामुक्त

नेपालखबर
असार २२, २०७७ सोमबार १०:४३,

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ।

यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .