कोरोना भाइरस ‘कोभिड १९’ को स्रोत पत्ता लगाउन डब्लूएचओको टोली चीन पुगेका हुन्।
समाचार संस्था रोयटर्सका अनुसार डब्लूएचओको टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्नेछन्।
चीनले सुरुमै सही जानकारी नदिएका कारण कोरोनाले महामारीको रुप लिएको भनेर अमेरिकाले आरोप लगाइरहेको सन्दर्भमा यो अनुसन्धानलाई चासोपूर्वक हेरिएको छ।
यद्यपी अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको समेत आरोप लगाउँदै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको भन्दै हालै डब्लूएचओबाट अमेरिका बाहिरिएको घोषणा गरेका छन्।
यसबीचमा डब्लूएचओको टोली चीन पुगेको हो। अमेरिकाले यस विषयमा प्रतिक्रिया जनाएको छैन। एजेन्सी
प्रतिक्रिया