नेपाल पत्रकार महासंघले महासंघका पूर्व केन्द्रीय सदस्य तथा हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।
पत्रकार तिमल्सिनाका अनुसार बिहीबार साँझ समाचारका लागि टेलिफोनबाट वार्ता गर्ने क्रममा पूर्वअध्यक्ष थापाले गालीगलौज र अभद्र व्यवहार गरेका थिए भने थापाका छोरा अभिषेकले थापाथलीस्थित हाम्रो खेलकुद डटकमकको कार्यालय परिसरमै गएर पत्रकार तिमल्सिनासँग वादविवाद गर्दै अभद्र व्यवहार गरेका थिए।
पेशागत धर्म निर्वाहका क्रममा रहेका पत्रकारलाई एउटा जिम्मेवार पदमा रही काम गरिसकेका व्यक्ति र परिवारका सदस्यबाट भएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् विषय भएको भन्दै यस्ता कार्यले पत्रकारको संवैधानिक अधिकार र सम्मानमा आघात पुग्ने महासंघले ठहर गरेको छ। महासंघले प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदो-याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
पत्रकार तिमल्सिनामाथि गणेश थापा र उनका छोराद्वारा दुर्व्यवहार
Shares
प्रतिक्रिया