स्याङ्जामा ट्याक्टरले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको कालीगण्डकी गाउँपालिका १, ठाटीभञ्ज्याङस्थित कच्ची सडकमा बिहीबार राति लु. ३ त ४२०१ नम्बरको ट्याक्टरले स्थानीय वर्ष ७६ की कृष्ण रेश्मीलाई ठक्कर दिएको हो।
टाउकामा गम्भीर चोट लागेकी उनलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले नेपालखबरलाई जानकारी दिए।
ट्याक्टरसहित चालक २७ वर्षीय रिकबहादुर गाहालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया