ad ad

समाज


अमेरिका र विश्व स्वास्थ्य संगठनबीच भनाभन

अमेरिका र विश्व स्वास्थ्य संगठनबीच भनाभन

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ५:५३,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकाबीच आरोप-प्रत्यारोप सुरु भएको छ।

हुन त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिदेखि नै डब्लूएचओप्रति आरोप लगाइरहेका छन्। यसै क्रममा उनले हालै आफ्नो मुलुकलाई डब्लूएचओबाट औपचारिक रूपमै बाहिरिने प्रक्रिया सुरु गरिसकेका छन्।

यसपछि झन् अमेरिका र डब्लूएचओबीच वैमनस्यता बढ्दै गएको पाइएको छ। एकअर्काबीच भनाभन बढेको छ।

यसै क्रममा डब्लूएचओका महादिर्नेशक डा. टेड्रोस एडहानम ग्याब्रियससले अमेरिकी विदेशमन्त्री माइक पम्पिओले लगाएको आरोपको खण्डन गरेका छन्।

विदेशमन्त्री पम्पिओले गत मंगलबार उनलाई चीनको आडमा डब्लूएचओकोको प्रमुख बनेको आरोप लगाएका थिए।

डा. टेड्रोसले बिहीबार पत्रकारसँग कुरा गर्दैत्यो आरोप निराधार भएको भन्दै खण्डन गरेका हुन्। उनले भनेका छन्, ‘उनको अभिव्यक्ति गलत र निराधार छ। यो बेला विश्वका मानिसलाई कसरी बचाउने भन्नेमा हाम्रो संगठनको ध्यान केन्द्रित छ। इस्ता भनाइले संगठन विचलित हुँदैन।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .