ad ad

समाज


सिंहदरबारको मुख्य द्वार चम्काउँदै काठमाडौं महानगर

सिंहदरबारको मुख्य द्वार चम्काउँदै काठमाडौं महानगर

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ७:३५,

आज काठमाडौं महानगरले सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ। देशकै मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको महानगरले जनाएको छ।

ढोकाको माथिल्लो भागको सफाइका लागि सुरुवातमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो। त्यो भर्‍याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट एरियल (टर्नटेबल) ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार उखेलिएको थियो।

sinhadarbar gate clean 2

ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ्याइएका इटामाथि लेउ लागेर चिप्लो भएको थियो भने झार पलाएर ढोकाका आकर्षण घटेको थियो। वातावरण व्यवस्थापन विभाग करिब ४० जना जनशक्ति खटाएर भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गरिएको थियो ।

सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेसन पठाइएको थियो भने जेटको प्रयोग गरेर पखालिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .