ad ad

समाज


पहिरोले थुनिएको गोरखाको नौलीखोलाको बहाव खुल्यो, जोखिम भने यथावत नै

पहिरोले थुनिएको गोरखाको नौलीखोलाको बहाव खुल्यो, जोखिम भने यथावत नै

नेपालखबर
साउन १०, २०७७ शनिबार ७:३५,

पहिरोले थुनिएको गोरखाको नौनी खोलाको बहाव खुल्न थालेको छ।

गएराति ११ बजे आएको पहिरोले गोरखाको धार्चे गाउँपालिका–७ स्थित नौलीखोला थुनिएको थियो। खोला थुनिएपछि सो क्षेत्रमा ठूलो ताल बनेको थियो। मापुमा डाँडा नै भासिएर झरेको पहिरोले खोला थुनेको हो।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले मध्यान्ह ११ बजेदेखि खोला बिस्तारै बग्न थालेको बताए। ‘राति ११ बजे आएको पहिरोले स्थानीय नौलीखोला थुनिएको थियो, अहिले बिस्तारै बग्न थालेको छ’, अध्यक्ष गुरुङले नेपालखबरसँग भने। उनले पहिले सानो निकासमा बग्न थालेको खोला अब बिस्तारै ठूलो हुँदै गएको बताए।

उनले खोला बग्न थाले पनि पहिरो नरोकिएका कारण जोखिम भने यथावत नै रहेको बताए।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १२ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको बताए। 

घटनास्थलमा माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी गुरुङले जानकारी दिए।

‘थुनिएको पानी एकैसाथ खोलिए जोखिम हुनसक्छ,’ एसपी गुरुङले भने, ‘खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सचेत रहन आग्रह गरेका छौँ।’

खोला आसपासका क्षेत्रमा करिब ७० घरधुरीको बसोबास छ। खोला आसपास क्षेत्रका अरू बस्ती पनि सार्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए।

खोला थुनिएपछि त्यस आसपासको बाटोबाट पैदल आउजाउ पनि बन्द गरिएको एसपी गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .