ad ad

समाज


‘मुटु र फोक्सोका रोगीलाई होइन, भिटामिन ‘डी’ कमी हुनेलाई कोरोना संक्रमणको खतरा बढी’

‘मुटु र फोक्सोका रोगीलाई होइन, भिटामिन ‘डी’ कमी हुनेलाई कोरोना संक्रमणको खतरा बढी’

नेपालखबर
साउन ११, २०७७ आइतबार १४:२८,

इजरायली अनुसन्धानकर्ताको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहने देखाएको छ।

लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै आइतबार इजरायली अधिकारीले यस्तो जानकारी दिएका हुन्। जुन अध्ययन एफईबीएस पत्रिकामा प्रकाशित छ।

अनुसन्धानकर्ताले भनेका छन्, ‘कोरोना भाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका ७ हजार ८०७ व्यक्तिमध्ये जसको र परीक्षणका क्रममा भिटामिन ‘डी’ को कमी थियो उनीहरूमध्ये धेरै संक्रमित थिए।’

उक्त समूहले भिटामिन ‘डी’ को कमी देखिएकामध्ये १०.१ प्रतिशत व्यक्ति कोरोना भाइरसबाट संक्रमित पाइएको बताएको छ। संक्रमण नदेखिएका व्यक्तिकोभन्दा संक्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा स्वाभाविक धेरै भेटिएको थियो।

अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै संक्रमित हुने खतरा बढी रहेको पाइएको देखाएको छ। भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम संक्रमित पाइएका थिए।

यसैगरी भिटामिन ‘डी’ को कमी भएका कोभिड-१९ संक्रमितलाई संक्रमणपछि पनि गम्भीर समस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष छ।

अचम्मको अर्को कुरा के छ भने अध्ययनले मनोभ्रंश, मुटु रोग र फोक्सोको समस्या रहेका बिरामी भएकै कारण उनीहरूमा कोभिड-१९ संक्रमण दर बढी नपाइएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .