धनुषामा कोरोना संक्रमणबाट एक पुरुषको ज्यान गएको छ।
धनुषाको सहिदनगर नगरपालिका डुमरिया बस्ने ३८ वर्षीय एक पुरुषको कोरोना संक्रणबाट आइतबार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जनाएको छ।
अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेपछि बाटोमै ती व्यक्तिको मृत्यु भएको हो।
सिरहा पुगेपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उनको शवलाई व्यवस्थापनको लागि जनकपुर ल्याउन लागिएको जनाइएको छ।
अस्पताल स्रोतका अनुसार कोरोना परीक्षण गर्दा ती व्यक्तिमा अत्यधिक कोरोना भाइरस देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ।
Shares
प्रतिक्रिया