सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछाम र दार्चुलाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अछामका १६ र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार अछामको मेल्लेख–८ का २ वर्षीया बालिकासहित तीन महिला, १६ पुरुष तथा दार्चुलाको गोकुलेश्वर–६ का ५ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया