बुधबार चीनमा १०१ नयाँ संक्रमित थपिएको बताइएको छ। सिनजियाङमा मात्र ८९ जनामा कोरोना पुष्टि भएको बताइएको छ।
संक्रमितमध्ये आधा व्यक्तिहरुमा कोरोनाको लक्षण भने नदेखिएको जनाइएको छ। कोरोना भाइरसलाई नियन्त्रण गर्न चीनले देशव्यापी लकडाउन घोषणा गरेको थियो।
हाल त्यहाँ कोरोनाको प्रभाव कम भएपछि लकडाउन खुला गरिसकिएको छ। यद्यपी त्यहाँ न्यून मात्रामा भएपनि दैनिक कोरोना वृद्धि भइरहेका छन्।
चीनमा कोरोना संक्रमितको दर शून्यमा पनि झरेको थियो। हाल चीनले कोरोना भाइरसविरुद्धको खोप बनाउने कार्यमा उल्लेखनीय प्रगति भइरहेको जनाएको छ। एजेन्सी
प्रतिक्रिया