प्रदेश २ मा बिहीबार ११ जना महिलासहित ६३ जना कोरोना संक्रमित थपिएका छन्।
पर्सामा ३९ जना, धनुषामा ९ जना, सर्लाहीमा ८ जना, महोत्तरी र बारामा २/२ जना, सिरहा, सप्तरी र ररौतहटमा १/१ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अनुसार नयाँ संक्रमित फेला परेका मध्ये ५ जना प्रादेशिक अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी समेत रहेका छन्।
त्यस्तै, पर्साको वीरगञ्जमा फेला परेका संक्रमित मध्ये १० जना नेपाली सेना रहेका छन्। श्रीपुर आर्मी व्यारेकका पाँचजना र चण्डीप्रसाद गणका पाँच जना सेनाका कर्मचारीमा काेराेना पुष्टि भएकाे जनाइएको छ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ। बुधबारसम्म यस प्रदेशमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादले जानकारी दिए।
प्रतिक्रिया