रुपन्देहीमा पुलबाट खोलामा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
शनिबार दिउँसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित डण्डा खोलामा पुलबाट हाम्फालेकी सोही ठाँउ बस्ने २७ वर्षीया पवित्रा अधिकारीको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो।
अधिकारीले पुलबाट खोलामा हामफालेको सूचान पाउनासाथ पुगेको सशस्त्र प्रहरी बल, नम्बर २७ गण रुपन्देहीको टोलीले उनको उद्धार गरेको हो।
उद्धारपछि अधिकारीलाई आवश्यक उपचारका लागि भीम अस्पताल भैरहवा पाठाइएको छ।
अधिकारीले के कति कारणले हाम फालेकी हुन भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया