प्युठानको माडी खोलामा खसेर दुई बालक बेपत्ता भएका छन्।
प्युठान जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा शनिबार साँझ साइकलसहित ती दुई बालक माडी खोलामा खसेका हुन्।
घर नजिकैको सडकमा साइकल चलाइरहेका बेला स्थानीय विपिन गौतम र सन्जोग पार्धे खोलामा खसेको प्रहरीले जनाएकाे छ। १०-१२ वर्षका उनीहरूको खोजी भइरहेको छ।
प्रतिक्रिया