ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
३८ वर्षीय महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो। उनी जनकपुरकी हुन्। गएराती १ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माले जानकारी दिए।
‘जनकपुरकी ३८ वर्षीया महिलाको गए राति १ बजे मृत्यु भएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘मेनेन्जो-इन्सेफलाइटिसकी बिरामी ती महिलालाई साउन १८ गते अस्पतालमा भर्ना गरिएको थियो, उनलाई कोभिड पोजिटिभ पनि थियो।’
प्रतिक्रिया