ad ad

समाज


भारतमा सामाजिक सञ्जालमा लेखेकोबारे विवाद, प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

भारतमा सामाजिक सञ्जालमा लेखेकोबारे विवाद, प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

नेपालखबर
साउन २८, २०७७ बुधबार ५:२७,

सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेखेको भन्दै भारतको बेंगलुरुमा मंगलबार साँझ भएको स्थानीयको विरोध प्रदर्शनमा प्रहरीले हानेको गाली लागेर तीन जनाको मृत्यु भएको छ।

प्रहरी कमिस्नर कमल पन्तले बीबीसी हिन्दीसँग भनेका छ, ‘प्रहरीले गरेको फायरिङमा घाइते भएका तेस्रा व्यक्तिको राति अबेर मृत्यु भएको छ। राति १२ः३० बजे स्थिति नियन्त्रणमा आएको छ।’
यसअघि दुई जनाको मृत्यु भइसकेको छ।

उग्र भीडले प्रहरी कार्यालय र कांग्रेसका विधायकको घरमा हमला गरेपछि बाध्य भएर गोली चलाउनुपरेको स्थानीय प्रहरीले दाबी गरेको छ।

सामाजिक सञ्जालमा एक आपत्तिजनक स्टाटस गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारी प्रहरी कार्यालय पुगेका थिए।

बेंगलुरुका प्रहरी कमिस्नर कमल पन्तका अनुसार डिगे हल्ली र केजी हल्ली क्षेत्रमा अहिलो कर्फ्यु लगाइएको छ भने पूरै सहरमा १४४ धारा लागू गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार बेंगलुरु ज्वाइन्ट पुलिस कमिस्नर (क्राइम) सन्दीपलाई उधृत गर्दै उक्त घटनामा ११० जना पक्राउ गरिएको छ।

पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूतिका एक नातेदारले सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेखेका थिए। यसैको विरोधमा ठूलो संख्यामा स्थानीयको समूह मंगलबार साँझ प्रहरी कार्यालयमा गएर कारबाही माग गरेको हो। यही क्रममा अर्काे समूह कांग्रेस विधायक मूर्तिको घरमा पुगेको थियो।

बीबीसी हिन्दीका अनुसार ती विधायका भतिजा पर्ने व्यक्तिले मुसलमान समुदायको भावनामा ठेस पुग्ने कुरा लेखेका थिए।
प्रहरीले उनलाई पनि पक्राउ गरेको छ भने मुसलमान समुदायलाई संयमता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .