क्रिकेट, फुटबल लगायतका खेलहरुमा पैसाको सट्टेबाजी खेलाउने भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका १२ टेकु बस्ने भारत राजस्थानका ५० वर्षीय पवन कुमार डालमियाँलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले पवन कुमारलाई अनलाइन जुवा (ग्याम्बलिङ) खेलाउँदै गरेको अवस्थामा फेला पारेको थियो।
अवैध रुपमा विद्युतीय उपकरणका साधनहरु मोबाइल र ल्यापटप प्रयोग गरी उनले सट्टेबाजी खेलाउने गरेका थिए। उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया