ad ad

समाज


रुसले कोरोना भाइरसको खोप बनाएको जानकारी छैनः डब्लूएचओ

रुसले कोरोना भाइरसको खोप बनाएको जानकारी छैनः डब्लूएचओ

नेपालखबर
साउन २८, २०७७ बुधबार ७:३७,

यस भाइरसको संक्रमणबाट हालसम्म ७ लाख ४६ हजारको मृत्यु भइसकेको छ। १ करोड ३४ लाख ४९ हजार उपचारपछि स्वस्थ बनेका छन्।

हाल ६३ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमितहरु विश्वभर छन्। कोरोनाको विशेष खोप नबनेको अवस्थामा विश्वभरका अस्पतालहरुले कोरोनाबाट गम्भीर बनेकालाई वैकल्पिक औषधिहरु प्रदान गरिरहेका छन्।

यस्तो अवस्थामा मंगलबार मात्र रुसले आफ्नो देशमा बनेको कोरोनाविरुद्धको खोपलाई मानवमा प्रयोगको लागि स्वीकृति प्रदान गरेको छ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले देशमा बनेको खोप आफ्नी एक छोरीमा पनि प्रयोग गरिएको जानकारी दिएका छन्।

रुसले २० देशबाट एक अर्ब डोजको माग भएको बताएपछि हाल विश्वका मानिसहरु रुसले खोप बनाएपछि कोरोनाबाट जोगिन सकिन्छ भनेर आशावादी बनेका छन्।

यद्यपी विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले भने आफूलाई रुसले बनाएको कोरोना खोपको विषयमा जानकारी नभएको प्रतिक्रिया जनाएको छ।

रुसले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेपनि उसले कसैलाई यसको वैज्ञानिक आधार पेश गरेको छैन। विश्व स्वास्थ्य संगठन डब्लूएचओले पनि रुसको खोपमा शंका गरेको हो।

रुसले खोप बनाएको विषय जानकारी नगराएकाले डब्लूएचओले यसको मूल्यांकन नगरेको र डब्लूएचओबाट रुसी खोपले स्वीकृति नपाएको बताइएको छ।

गतहप्ता मात्र डब्लूएचओले रुसलाई कोरोनाविरुद्धको खोप बनाउँदा अन्तर्राष्ट्रिय नियमहरुको पालना गर्न आग्रह गरेको थियो।

पुटिनले मंगलबार गामेलिया इन्स्टिट्युटले बनाएको खोपले देशमा स्वीकृति पाएको बताउँदै रुसले बनाएको खोप विश्वमै पहिलो भएको दाबी गरेका थिए।

हाल अमेरिका, चीन, बेलायतजस्ता देशहरु कोरोनाविरुद्धको खोप बनाउन लागि परेका छन्। यी देशहरुले आफूले चाँडै खोप उपलब्ध गराउने बताइरहँदा रुसले भने खोप बनाइसकेको दाबी गरेको छ।

रुसमा बनेको खोपको नाम ‘स्पुतनिक पाँचौ’ राखिएको छ। रुसले सन् १९५७ मा विश्वमै पहिलोपटक भूउपग्रह अन्तरिक्षमा सफल रुपमा प्रक्षेपण गरेको थियो। उक्त भूउपग्रहको नाम पनि स्पुतनिक नै थियो।

भूउपग्रह अन्तरिक्षमा पहिलोपटक सफल रुपमा प्रक्षेपण गरेको रुसले कोरोनाविरुद्धको खोप पनि पहिलोपटक बनाएको र यो विश्वभरका मानिसका लागि लाभदायी हुने रुसको भनाइ छ। बीबीसीहिन्दी र एजेन्सीको सहयोगमा

यो पनिः विश्वमै पहिलो कोरोनाविरुद्धको खोप बनायौंः पुटिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .