कान्तिपुर दैनिकमा कार्यरत् वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन भएका छन्।
बानियाँ सोमबारदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले प्रहरी परिसर काठमाडौंमा खोजतलासको लागि निवेदन दिएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए।
उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ।
प्रतिक्रिया