ad ad

समाज


कोरोना संक्रमण देखिएपछि बाँके कारागारका कैदीबन्दी र थुनुवालाई बर्दिया र दैलेख सारियो

कोरोना संक्रमण देखिएपछि बाँके कारागारका कैदीबन्दी र थुनुवालाई बर्दिया र दैलेख सारियो

नेपालखबर
साउन २९, २०७७ बिहिबार ५:२९,

नेपाल–भारत सीमानाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना संक्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ।

बाँके कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको हो।

बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रित नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार तथा १५ थुनुवा र एक नाबालक आश्रित गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाइएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले जानकारी दिए।

दुई सय ५० पुरुष र ५० महिला गरी तीन सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल दोब्बर बढी ७७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक गरी ८१७ कैदीबन्दी र थुनुवा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .