ad ad

समाज


चिकित्सकमा कोरोना संक्रमणपछि आम्दा मेची अस्पताल सिल

चिकित्सकमा कोरोना संक्रमणपछि आम्दा मेची अस्पताल सिल

नेपालखबर
साउन २९, २०७७ बिहिबार ७:२८,

आम्दा मेची  अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ।

मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ। हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै आइसोलेशनमा राखिएको छ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको संक्रमण फेला परेको हो। केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थियो।

चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा कोरोना संक्रमण देखिएपछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर एक हप्ताका लागि नगरपालिकमा लकडाउन घोषणा गरेको छ।

नगरप्रमुख विमल आचार्यका अनुसार संक्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शंकास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका थ्रोट स्वाबको नमूना स.कलन गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .