काठमाडौंमा शुक्रबार राति खुकुरीले हानेर युवकको हत्या भएको छ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले शनिबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार राति साढे ८ बजेतिर काठमाडौंको मनमैजुमा नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो। मृतकको स्थानीय ठेगाना खुलिनसकेको उनले बताए।
हत्या गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ। ‘हत्याको कारण खुलिसकेको छैन,’ एसपी राठौरले भने, ‘हामी अनुसन्धान गर्दैछौं।’ अहिलेसम्म कोही पक्राउ नपरेको उनको भनाइ छ।
प्रतिक्रिया