ad ad

समाज


काठमाडौं प्रवेशको मुख्य द्वार चन्द्रागिरि नगरपालिकाले ५ हजार जनाको पीसीआर परीक्षण गर्दै

काठमाडौं प्रवेशको मुख्य द्वार चन्द्रागिरि नगरपालिकाले ५ हजार जनाको पीसीआर परीक्षण गर्दै

नेपालखबर
साउन ३१, २०७७ शनिबार ४:४४,

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ।

उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए।

‘नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पीसीआर परीक्षण गर्न लागेका हौं, उनले भने। नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पीसीआर परिक्षण गर्न लागिएको हो।

नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो। सङ्क्रमितको उपचारका लागि नगरपालिका–१, दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको छ।

यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेसन २०० शैयाको हुनेछ। हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ।

चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .