ad ad

समाज


मुख्यमन्त्री पाैडेलसहितको टोली लिदीमा, पहिरोमा बेपत्ता २६ जना अझै भेटिएनन्

मुख्यमन्त्री पाैडेलसहितको टोली लिदीमा, पहिरोमा बेपत्ता २६ जना अझै भेटिएनन्

नेपालखबर
साउन ३१, २०७७ शनिबार ५:११,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार बिहानै पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदी पुगेका छन्।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र प्रहरी अधिकारीसहित मुख्यमन्त्री पौडेल हेलिकप्टरमा त्यहाँ गएका हुन्।

शुक्रबार बिहान पहिरो जाँदा लिदीमा ठूलो जनधनको क्षति भएको छ। पहिरोमा परेर अझै २६ जना बेपत्ता छन् भने १२ जनाको शव फेला परेको छ। बेपत्ता २७ मध्ये एक जनाको शनिबार बिहान शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

‘पहिरोमा हराइरहेका २६ जनाको शनिबार बिहानैदेखि खोजी चलिरहेको छ,’ एसपी महर्जनले नेपालखबरसँग भने, ‘खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।’

पहिरोले ३७ वटा घरमा क्षति पुगेको छ। त्यसमध्ये १३ वटा घरलाई पहिरोले कामै नलाग्ने गरी पुरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

पहिरोमा परेर घाइते भएका पाँच जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ। पहिरोबाट विस्थापित परिवारले गएराति त्रिपालमुनि बसेर रात काटेका छन्।

०७२ को भूकम्पले क्षतविच्छत भएको लिदीलाई पुनर्निर्माण प्राधिकरणले यसअघि नै बस्न अयोग्य घोषणा गरेको थियो। तर, सरकारले बस्ती स्थानान्तरणमा चासो नदेखाउँदा लिदीका नागरिकले ठूलो क्षति बेहोरेका छन्।

पहिरो गएको बस्तीको निरीक्षण गर्न शनिबार गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्नीप्रसाद सापकोटा पनि लिदी पुगेका थिए। उनीहरुले विस्थापितको पुनस्र्थापनामा सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .