स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई तत्काल पीसीआर परीक्षण नगर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमितको सम्पर्कमा आएको ५ दिनपछि मात्रै पीसीआर परीक्षण गराउन आग्रह गरेका छन्।
उनले संक्रमितको सम्पर्कमा आएकाले तुरुन्त पीसीआरका लागि स्वाब संकलन गर्ने गरेको भन्दै पीसीआर पोजिटभ आउन ५ देखि ७ दिन लाग्ने भन्दै त्यो अवधिसम्म जाँच नगराउन आग्रह गरेका हुन्।
‘कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तुरुन्त रियल टाइम पीसीआरका लागि स्वाब संकलन गर्ने गरेको पाइएको छ, पीसीआर पोजिटिभ आउन पाँच÷७ दिन लग्ने भएकाले तुरुन्त जाँच गर्दा फाल्स नेगेटिभ (टेस्ट गर्दा नेगेटिभ आउने तर दुई चार दिनमा पोजिटिभ आउन सक्ने) आउने भएकाले पाँच दिन नपुगी जाँच नगर्न/नगराउनहुन आग्रह गरिन्छ’, प्रवक्ता गौतमले भने।
प्रवक्ता गाैतमले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई पाँच दिनसम्म कसैको सम्पर्कमा नआइ घरमै बस्न आग्रह समेत गरे।
प्रतिक्रिया