काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ८० र भक्तपुर र ललितपुरमा ९÷९ जना गरी ९८ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ।
प्रवक्ता गौतमका अनुसार आज ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेका छ।
नेपालमा कोरोना निको हुनको प्रतिशत ६६.१ रहेको छ।
प्रतिक्रिया