ad ad

समाज


मनमैजु हत्या प्रकरण : श्रीमती र प्रेमिकाको झगडामा मारिए लक्ष्मण

मनमैजु हत्या प्रकरण : श्रीमती र प्रेमिकाको झगडामा मारिए लक्ष्मण

उजिर कार्की
साउन ३१, २०७७ शनिबार १२:१३,

काठमाडौंको मनमैजुुमा छुुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

नुुवाकोट घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने २४ वर्षीय लक्ष्मण रिमाल तामाङको शुुक्रबार साँझ हत्या भएको थियो।उनको हत्यामा संलग्न रही फरार रहेका दोलखाका आङदोर्जे शेर्पालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

घटनास्थलबाट शुुक्रबार साँझ नै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीन जनाकाे  बयानका आधारमा आङदोर्जेले नै लक्ष्मणलाई छुरा प्रहार गरेको पत्ता लागेको थियो।

छुरा प्रहार गरे लगत्तै  शेर्पा भने फरार रहेका थिए। उनलाई प्रहरी अपराध महाशाखाबाट खटिएको एसपी ईश्वर कार्कीको टोलीले  शनिबार बिहान माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको कोठा नं १०१ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दोर्जेले आफूले छुरा प्रहार गरेको स्वीकार गरिसकेका छन्।

विवाहपछि पनि लक्ष्मण र पूर्वप्रेमिकाबीच निरन्तर सम्पर्क र सम्बन्ध थियो।  तीन महिना पहिले विवाह गरेका लक्ष्मणको पूर्वप्रेमिकाको विषयलाई लिएर घर झगडा हुँदै आएकाे अनुसन्धानमा खुल्न आएकाे प्रहरीले जनाएकाे छ। लक्ष्मणकी श्रीमतीले ती प्रेमिकालाई  पटक–पटक फोन गरेर थर्काएकी थिइन्। तर, लक्ष्मण प्रेमिकाबाट टाढिन मानेका थिएनन्।

सोही विषयमा लक्ष्मणकी श्रीमतीले आफन्तसहित बोलाएर शुुक्रबार साँझ छलफल गरेकी थिइन्। शुुक्रबार साँझ वसन्त टोलको गोर्खाली खाजा घरमा लक्ष्मणका श्रीमान्–श्रीमती र पूर्वप्रेमिकासहित आफन्तका बीचमा भएकाे छलफलकै बीचमा झगडा भएकाे प्रहरीले जनाएकाे छ।

प्रेमिका र श्रीमतीका बीचमा झगडा परेपछि दुवैले आ–आफ्ना तर्फका मान्छे बोलाए। लक्ष्मणकी श्रीमतीले माइती पक्षका दाजुुभाइ बोलाइन् भने प्रेमिकाले भने शेर्पालगायतका आफन्त बोलाएकी थिइन्।

त्यही क्रममा शेर्पाले छुरा प्रहार गरेर लक्ष्मणलाई घाइते बनाए। उनलाई उपचारका लागि राति नै ग्रान्डी अस्पताल लगिएको थियाे।  अस्पतालले उनलाई राति ११ बजेतिर मृत घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .