धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार आएको पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको क्षिरेश्वरनाथ नगरपालिका कार्यालयका एक कर्मचारीले जानकारी दिए।
ती कर्मचारीका अनुसार ४८ वर्षीय मेयर पजियारको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ।
उनी अहिले आफ्नै घर सखुवा महेन्द्रनगरमा रहेका छन्।
3
Shares
प्रतिक्रिया