ad ad

समाज


अमेरिका र दक्षिण कोरियाको संयुक्त वार्षिक सैन्य अभ्यास मंगलबारदेखि सुरु

अमेरिका र दक्षिण कोरियाको संयुक्त वार्षिक सैन्य अभ्यास मंगलबारदेखि सुरु

नेपालखबर
साउन ३२, २०७७ आइतबार ६:४८,

आइतबारबाट सुरु हुने भनिएको सैन्य अभ्यास कोरोना भाइरसका कारण दुईदिन पछाडि धकेलिएको रोयटर्सले जनाएको छ।

सैन्य अभ्यासमा सहभागी हुने भनिएका एक कोरियाली सेनामा कोरोना देखिएपछि सैन्य अभ्यास कार्यक्रम दुईदिन पछाडि धकेलिएको हो।

केही समय अगाडि अमेरिका र उत्तर कोरियाबीच परमाणु कार्यक्रम रोक्ने तवरबाट छलफल भइरहेका बेला दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यास कम गरेको थियो।

तर छलफल अर्थपूर्ण नभएपछि पछिल्लो समय उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिन थालेको छ। हाल हुने भनिएको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले युद्धको तयारी भनेको छ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै २८ अगष्टसम्म संचालन गर्न लागिएको सैन्य अभ्यासमा अमेरिकी सेनाहरु जो कोरियामा तैनाथ छन् उनीहरु सहभागी नहुने बताइएको छ।

यसअघि गत मार्च र जुनको बिच समयमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पनि कोरोनाका कारण स्थगित गरिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .