ad ad

समाज


सर्वोच्चका थप एक कर्मचारीमा संक्रमण

सर्वोच्चका थप एक कर्मचारीमा संक्रमण

नेपालखबर
भदौ २, २०७७ मंगलबार १२:१३,

सर्वोच्च अदालतका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये एक जना कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको हो।

सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो। यो सँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना संक्रमित भएका छन्।

कोरोनाको महामारीका बेला तीन जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारमिा त्रास बढेको छ। त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .